रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागले तीन जिल्लाका पालिका अध्यक्षलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलस्थित जीवराज आश्रित स्मृति प्रतिष्ठानमा आयोजित प्रशिक्षणको समापन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका पालिका अध्यक्षहरुलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षणले पार्टीलाई चुस्तदुरुस्त र गतिशील बनाउने बताउनुभएको थियो ।
देशकै उत्कृष्ट र जनमुखी पार्टी एमाले बनाउने अभियानलाई सफल बनाउन नेता, कार्यकर्ताहरुलाई विचार, संगठन र क्रियाशीलतामा जोड दिन प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष कमरेठको तर्क थियो ।
पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला अन्तर्गतका पालिका कमिटी र अर्घाखाँचीको विशेष इलाका कमिटी गरी २९ वटा पालिका अध्यक्षहरु, जिल्ला लेखा कमिटी अध्यक्षहरु, जिल्ला पार्टी स्कुल विभागका प्रमुख÷उपप्रमुखहरुको सहभागितामा भाद्र १३ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त बन्द प्रशिक्षणमा एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य डीआर घिमिरे, दलबहादुर गुरुङ, युवराज घिमिरे, कल्पना थापा, केन्द्रीय पार्टी सकुल विभागका सदस्य बद्री खनाल, प्रदेश लेखा कमिटी सचिव बाबुराम बिक, रुपन्देही पार्टी स्कुल विभागका नरबहादुर घर्तिले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन तालिम, विकास निर्माणमा एमालेको दृष्टिकोण, लेखाविधि, प्रचार शैली, जनसंगठन र पार्टीबीच समन्वय, पार्टी सञ्चालन र व्यवस्थापन एवं अर्थराजनीति विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
समापन सत्रमा प्रदेश उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गर्दै सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
पहिलो चरणमा श्रावण ७ देखि ९ गतेसम्म नवलपरासी, रुपन्देही र कपिलवस्तुभित्र रहेका पालिका कमिटी अध्यक्षहरुलाई सोही विषयमा तालिम दिइएको थियो ।