detail-img

एमाले लुम्बिनी जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न 

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश जनसंगठन समन्वय संयन्त्रको छैठौं बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकमा पाटीका २३ वटा जनसंगठनमध्ये २१ वटा संगठनहरुले आ–आफ्नो संगठनको प्रदेश र मातहतका कमिटीहरुको अवस्था, संगठन विस्तार र परिचालनका सन्दर्भमा रिपोर्टिङ्ग गर्नुभएको थियो ।  


एमाले लुम्बिनी प्रदेश कमिटीबाट तोकिएका इन्चार्ज सहइन्चार्ज र सम्बन्धित जनसंगठनका अध्यक्षहरुको बिचमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले अवधि पुगेका जनसंगठनहरुको अधिवेशन तथा सम्मेलन गर्न, आ–आफ्नो वर्गिय मुद्दालाई आम जनताको बिचमा स्थापित गराउन तथा कमिटी निर्माण र परिचालनलाई ब्यवस्थित बनाउन विशेष निर्देशन गर्नुभएको थियो । 


नेकपा एमाले लुम्बिनी प्रदेश सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लक्ष्मण आचार्यको अध्यक्षता तथा सचिव नरेशकुमार भण्डारीको सञ्चालनमा उक्त बैठक सम्पन्न भएको थियो ।