detail-img

एमाले लुम्बिनी प्रदेश सल्लाहकारको बैठक सम्पन्न 

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदको तेस्रो पुर्ण बैठक सोमबार बुटवलको प्रदेश पार्टी कार्यालय पुष्पलाल स्मृति भवन सुख्खानगरमा सम्पन्न भएको छ । 

बैठकलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य लिला गिरीले अग्रजहरुबाट पार्टी सञ्चालन र परिचालन सम्बन्धि शिक्षा लिने र नयाँ परिस्थिति अनुसार अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो । नेता गिरीले सल्लाहकारहरुले आ–आफ्नो क्षेत्रमा पार्टी कमिटी र कार्यकर्तालाई आवश्यक सल्लाह र सुझाव दिई पार्टीलाई थप बलियो र जनताको भरलाग्दो पार्टी बनाउने काममा लाग्न अपिल गर्नुभएको थियो ।


बैठकमा प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी पक्तिलाई परिचालनमा महत्वपूर्ण भूमिका सल्लाहकारको हुने भएको हुँदा सम्बन्धित तह र क्षेत्रमा आफ्नो भूमिका र अधिकार पुर्ण रुपले सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।  त्यस्तै प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले प्रदेश कमिटीले गरेका निर्णहरुको कार्यान्वयनमा सल्लाहकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।

बैठकमा सहभागी सल्लाहकार परिषदका सदस्यहरुले अग्रजहरुले गरेको विगतको योगदानको कदर गरी उचित ब्यवस्थापन गर्न नेतृत्वलाई सुझाव दिएका थिए । उनिहरुले विधान महाधिवेशनको सम्मुखमा देखा परेका केही प्राविधिक समस्यालाई आवसी समझदारीमा छिटो भन्दा छिटो समाधान गरी पार्टीका कार्यकर्ताका साथै आम जनसमुदायमा सकरात्मक सन्देश प्रवाह गर्न सुझाव दिएका थिए । 


एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकको स्वागत उपाध्यक्ष प्रेम भुसाल र सञ्चालन हरी ज्ञवालीले गर्नुभएको थियो ।