नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएको प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले दुख ब्यक्त गरेको छ ।
नेकपा एमाले लुम्बिन िप्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले विज्ञप्ति जारी गर्दै रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी लुम्बिनी प्रदेशसभाका माननीय सदस्य तथा नेकपा (एमाले) रुकुम पुर्व जिल्ला कमिटी सचिवालय सदस्य सरिता पुन मगरको असामयिक निधनले अत्यन्तै मर्माहत तुल्याएको बताउनुभएको छ ।
विज्ञप्तिमा भदौं १४ गते शनिवारका दिन शिक्षण अस्पताल काठमाडौमा उपचारको क्रममा ३२ वर्षको कलिलो उमेरमा भएको निधनबाट एउटा इमान्दार, असल, अनुशासित निष्ठावान, प्रतिवद्ध र पार्टीप्रति वफादार ब्यक्तित्व गुमाउनु परेको बताउँदै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।